मालपोत कार्यालय चितवनका ३ कर्मचारीमाथि करोडौंको भ्रष्टाचार मुद्दा

चितवन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

याे पनि पढ्नुस  अख्तियारमा कार्यरत प्रहरी हवल्दारनै ४ लाख घुससहित पक्राउ

आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध ४ लाख ७१ हजार ६१३ रुर्पयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

यस्तै, लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ र लेखापाल बलराम सापकोटाविरुद्ध ५८ लाख ४३ हजार ८०६ रुपैयाँबराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्