काठमाडौं : नेपाल क्रिकेट टिम सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अष्ट्रेलियामा २०२२ मा हुने टी-२० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रियाअनुसार नेपाललले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो ।
नेपालसँगै जिम्बावे, यूएई, सिंगापुरले पनि ग्लोबल छनोट खेल्ने अवसर पाउने भएका छन् ।
फेब्रुअरी र २०२२ को मेमा हुने ग्लोबल छनोटमा सफलता हासिल गरे नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्ने मौका पाउने छ ।
ग्लोबल छनोटबाट ४ टिमले विश्वकप खेल्ने मौका पाउनेछन् । दुई समूहमा हुने ग्लोबल छनोटबाट दुईदुई टोली विश्वकपमा खेल्ने छन् । ग्लोबल छनोटमा १६ टिमले खेल्नेछन् ।
यस्तो छ छनोटको रोडम्याप :