मनहरी गाउँपालिका उपाध्यक्षले दिइन् राजीनामा

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट राजीनामा दिएकी छन् ।

गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी उपाध्यक्ष बिष्टले सोमबार राजीनामा दिएकी हुन् । उनले अध्यक्ष एकराज उप्रेतीलाई राजीनामा बुझाएकी छन् ।

बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्ष र उपाध्यक्षबीच रहेको विवादले ठूलो रुप लिँदा उपाध्यक्षले राजीनामा नै दिएको गाउँपालिका स्रोतले बताएको छ ।

याे पनि पढ्नुस  मकवानपुरमा सुमो दुर्घटना : तीनको मृत्यु, ५ जना घाइते

सोमबार उपाध्यक्ष विष्टले राजीनामा दिएपछि अध्यक्ष उप्रेतीले राजीनामाबारे छलफल गरेको स्रोतले बताएको छ । अध्यक्ष उप्रेतीले भने आधिकारिक रूपमा राजीनामा नआएको बताए ।

राजिनामा पेस गरेपछि उपाध्यक्ष विष्ट सम्पर्कमा रहेकी छैनन् । उनले नियमित चलाउँदै आएको मोबाइल स्वीच अफ छ ।

कमेन्ट गर्नुहोस्