समय अनुकूल सशस्त्र प्रहरीको दरबन्दी थप्छौँ : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय अनुकुल सशस्त्र प्रहरी बलको जनशक्ती थपेर आधुनिक र प्रविधीमैत्री बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

सोमबार चितवनको राप्ती नगरपालिका-६ स्थित भण्डारामा सशस्त्र प्रहरी बल नेपाल नम्बर-३ गढिमाई बाहिनीको उद्घाटन गर्दै थापाले सो कुरा बताएका हुन् ।

सिमा क्षेत्रमा सशस्त्रले बोर्डर आउट पोष्ट ‘बिओपी’ बढाइरहेको छ । सशस्त्र प्रहरीमा अहिले करिब ३५ हजारको दरबन्दी कायम छ । सिमानामा सशस्त्रको उपस्थिति अझै बिस्तार गरिने गृहमन्त्री थापाको भनाई छ ।

‘सशस्त्रको क्षमता र दक्षता अभिवृद्धि गर्दै लाने सरकारको लक्ष्य छ’ मन्त्री थापाले भने, ‘मातृभुमीको रक्षा गर्न खटिने अवसरलाई गर्वको रुपमा लिएर प्रतिकुल मौसम, बिकटता र विषम परिस्थितीमा समेत व्यवसायीक दक्षता प्रदर्शन गर्न सकलदर्जालाई दिर्नेश गर्दछु ।’

चितवनको भरतपुर महानगरपालिका-२ स्थित आँपटारीमा स्थापना गरिएको सशस्त्र प्रहरीबल नेपाल नम्बर-१७ गण मुख्यालयको गृह सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै गृह सचिव महेश्वर न्यौपानेले सुरक्षा निकायका प्रमुखहरुलाई समन्वयमा काम गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी माहानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारी सहभागी थिए ।

सशस्त्र प्रहरीका महानिरीक्षक खनालले राष्ट्रको रक्षा, नागरिकको सेवा र सुरक्षाका लागी समर्पित रहन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्