संवैधानिक परिषद बैठकः देउवा उपस्थित, सभामुख सापकोटा अनुपस्थित

काठमाडौंः संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् ।

त्यसबारे सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले भने, ‘बैठकका लागि सरकारबाट समन्वय, पूर्व तयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख अनुपस्थित हुनुभएको हो ।’

यसअघि मंसिर २८ गते आइतबार पनि परिषद्को बैठक बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको उपस्थिति नभएपछि बैठक स्थगित भएको थियो ।

कैलालीको धनगढीमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति देउवालाई संवैधानिक परिषदको बैठकमा नजान सुझाव  दिएका छन् ।  यद्यपी, देउवा बैठकमा सहभागी भइसकेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै अपरेशन गरिदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संबैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता देउवा उपस्थित भएको र सभामुख सापकोटा अनुपस्थित रहेको जानकारी दिएका छन् । बैठक औपचारिक रुपमा बस्छ बस्दैन केही खुलेको छैन ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाकाे विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।परिषदको बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । साथै बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त छन् ।

याे पनि पढ्नुस  यो सरकार कुनै देशको आर्शिवादबाट टिक्ने, ढल्ने र ढालिने कल्पना नगरे हुन्छः प्रधानमन्त्री ओली

ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा पुगेको छ । संवैधानिक पदमा नियुक्ति गर्दा पार्टीको सहमति र सल्लाह गर्नुपर्ने भन्दै नेकपाको गद भदौ २६ को बैठकले निर्णय गरेको थियो । यसअघि नै मन्त्रीमण्डल पुनर्गठन तथा राजदूत नियुक्तिमा भदौ २६ को सहमति पालना नभएको आरोप कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले लगाएपछि विवाद चुलिएको थियो ।

सम्बन्धित समाचारः

सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?

कमेन्ट गर्नुहोस्