सभामुख सापकोटाको अडानले रोकियो अर्को दुर्घटना

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक आज पनि बस्न सकेन ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ । बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ । उपसभामुख नरहेको र सभामुख अग्निप्रसाद सापकोटा नगएपछि गणपुरक संख्या पुग्न नसकेको हो र बैठक स्थगित भएको छ । अहिले ४ जना सदस्यमात्र रहेकाले कोही एकजना उपस्थित नहुँदा पनि बैठक बस्न सक्दैन ।

प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजे पुनः बैठक बोलाएका छन् ।

आज बैठक बसेको भए बिभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरुको नियुक्तिका बारेमा निर्णय हुन सक्थ्यो । आजको बैठकमा नाम नै किटेर नियुक्ति नभएपनि प्रतिपक्षसँगको सहमतिमा सैद्धान्तिक सहमति हुन सक्थ्यो । यदि यसरी बैठक बसेको भए र त्यस प्रकृतिको निर्णय भएको भए यसले नेकपाभित्रको विवाद झनै बल्झिन्थ्यो ।

किनभने नेकपाको गत भदौ २६ मा सम्पन्न बैठकमा कार्यदलको प्रस्तावलाई अनुमोदन भएको थियो । उक्त कार्यदलको प्रस्तावमा ‘संवैधानिक र राजनीतिक नियुक्तिबारे पार्टीमा छलफल र सहमति गर्ने” कुरा उल्लेख गरिएको छ । लगत्तै भदौ २९ गते नेकपाले अन्तर्पार्टी निर्देशिकामा समेत सोही प्रस्तावलाई निर्देशनका रुपमा सार्वजनिक समेत गरेको थियो ।
भदौ २६ को निर्णय कार्यान्वयनमा प्रधानमन्त्री अनिच्छुक देखिएका र उक्त पार्टी निर्देशिनविपरित राजदूतलगायतका नियुक्ति गरेपछि अर्का अध्यक्ष प्रचण्ड तथा माधव नेपाल लगायतले चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस

भदौ २६ कै सहमति नमानेको कारण नेकपाको समस्या झन बल्झिंदै गएर पत्र र दुई बेग्लै प्रस्तावसम्म पुगेको थियो ।

आजको बैठकले यो विवादलाई झन उत्कर्षमा पुर्याउन सक्ने अवस्था थियो । यसले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीसँग समन्वय नगरी अघि बढन खोजेको सन्देश दिएको थियो । यदि निर्णय नै भएको भए त्यो स्पष्टरुपमा फूटका लागि निमन्त्रणा दिएसरह हुन्थ्यो ।

यसअघि आइतबारको बैठकमा प्रतिपक्षी दलका नेता देउवा उपस्थित नहुँदा बैठक बस्न सकेको थिएन । आजको बैठक भने सभामुख अग्नी सापकोटाको सुझबुझका कारण बस्न सकेन । कोरम नपुग्दा आजको बैठक बस्न सकेन ।

सभामुख सापकोटाले बैठकको प्रक्रिया नमिलेको कारण सहभागी नभएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेन र स्थगित भएको छ । सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले भने, ‘बैठकका लागि सरकारबाट समन्वय, पूर्व तयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख अनुपस्थित हुनुभएको हो ।’ परिषदका अध्यक्ष (प्रधानमन्त्री) र सदस्यहरुवीच एजेण्डाबारेमा समन्वय आवश्यक हुने सापकोटाको ठहर छ ।
कैलालीको धनगढीमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति देउवालाई संवैधानिक परिषदको बैठकमा नजान सुझाव दिएका छन् । यद्यपी, देउवा बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए ।

यस्तो छ बैठक बस्ने व्यवस्थाः

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार, आजको बैठक बसेर नियुक्तिका लागि केही निर्णय भएको भए त्यसले पार्टीमा ठूलो विग्रह निम्त्याउन सक्ने सम्भावना थियो । “सभामुखको अडानका कारण त्यो दुर्घटना केही कम भएको छ । यद्यपी पार्टीसँग छलफल नगरी एकलौटी ढंगले संवैधानिक पद र राजनीतिक नियुक्ति गर्ने प्रधानमन्त्रीको परिपाटीको जवाफ बैठकमा मागिनेछ ।” ती सदस्यले भने ।

याे पनि पढ्नुस  ओलीले फेरि बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय छ । परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् ।

संवैधानिक परिषदको बैठक आज बस्न नसकेपछि यसको बारेमा सम्भवतः बुधबार दिउँसो १ बजे बस्ने नेकपा स्थायी कमिटी बैठकमा छलफल हुन सक्छ ।

याे पनि पढ्नुस  यसकारण गएनन् सभामुख संवैधानिक परिषदकाे बैठकमा (विज्ञप्तिसहित)

ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा पुगेको थियो । संवैधानिक पदमा नियुक्ति गर्दा पार्टीको सहमति र सल्लाह गर्नुपर्ने भन्दै नेकपाको गद भदौ २६ को बैठकले निर्णय गरेको थियो । यसअघि नै मन्त्रीमण्डल पुनर्गठन तथा राजदूत नियुक्तिमा भदौ २६ को सहमति पालना नभएको आरोप कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले लगाएपछि विवाद चुलिएको थियो ।

सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?

 

कमेन्ट गर्नुहोस्