गौतमबुद्ध कप: फाइनलमा नारायणी र राप्ती भिड्दै (LIVE)

काठमाडौं: चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी ‘गौतमबुद्ध कप’को फाइनलमा नारायणीविरुद्ध राप्तीले टस जितेर बलिङ रोजेको छ ।

राप्तीमा आज पनि विनोद भण्डारी र नारायणीमा करण केसी कप्तान छन् । राप्तीले लिग चरणको अन्तिम खेलमा सोमबार नारायणीमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो। मंगलबार यहीँ लयलाई कायम राख्दै राप्ती गौतमबुद्ध कपको उपाधिका जित्न चाहन्छ।

याे पनि पढ्नुस  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक प्रगति ८२ प्रतिशत

उता नारायणी भने अन्तिम खेलमा ब्यहोरेको पराजयको बदला लिँदै उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ। राप्तीले सोमबार शरद भेषवाकर र लोकश बमलाई विश्राम दिएको थियो। दुवैले फाइलन खेल खेल्ने सम्भावना छ।

कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा तीन टिमको सहभागिता थियो। बागमती टिम दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ।

याे पनि पढ्नुस  गौतमबुद्ध विमानस्थलः पूर्णरुपमा सञ्चालन गर्ने योजना छ महिना लम्बिने

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ।

गौतमबुद्ध कपको एक्सन स्पोर्ट्स एचडी टेलिभिजन र धुर्मुस–सुन्तली युट्युब च्यानलबाट एकै साथ प्रत्यक्ष प्रसारण भइरहेको छ।

राप्तीको प्लेइङ-११ : अमित श्रेष्ठ, कुशल भुर्तेल, विनोद भण्डारी (कप्तान), शरद भेषवाकर, लोकश बम, आसिफ शेख, अविनाश बोहरा, कमलसिंह ऐरी, भुवन कार्की, सूर्य तामाङ र जितेन्द्र मुखिया।

याे पनि पढ्नुस  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ लगाइँदै

नारायणीको प्लेइङ-११ : राजु रिजाल, रित गौतम, आरिफ शेख, सन्दीप जोरा, करण केसी (कप्तान), किशोर महतो, सुशन भारी, साहब आलम, सिद्धान्त लोहनी, हरि चौहान र दीपेश श्रेष्ठ।

कमेन्ट गर्नुहोस्