शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छौंः दाहाल

चितवनः भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षाको क्षेत्रमा भरतपुरले उल्लेख्य काम गर्न सफल भएको बताएकी छन् । त्यसमा पनि प्राविधिक प्राविधिक क्षेत्रको पढाइतर्फ भरतपुरले फड्को नै मार्न थालेको उनको भनाई छ ।

मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा बहुप्राविधिक प्रशासनिक भवनको शिल्यान्यास गर्दै उनले जगतपुरमै होटल म्यानेजमेन्टको पढाइ ल्याउन सकिएको र गुरुयोजनाबमोजिम आवश्यक पुर्वाधारमा महानगरले सहयोग गर्ने बताइन् ।

याे पनि पढ्नुस  भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास

‘यो निर्माण हुन थालेको शिक्षालयले देश सुहाउदो श्रम र सिपलाइ सम्मान गर्दै सिपमार्फत रोजगारी सृजना गर्ने र जनशक्ती उत्पादन गर्नेछ’, उनले भनिन्, ‘यो निर्माण हुन थालेको शिक्षालय आवासीय अवधारणा अनुशार संचालन हुनेछ ।’

कमेन्ट गर्नुहोस्