काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्ने बताएका छन् ।
पार्टीको स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएको भन्दै प्रचण्डले तुरुन्त खारेज हुनुपर्ने बताए ।
उनले भने, ‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी, बदनियतपूर्ण र कुनियतका साथ आएको छ । तरुन्त खारेज हुनुपर्छ ।’
प्रचण्डको सचिवालयले भनेको छ, ‘पार्टी को स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसद लाई समेत बन्धक बनाई अध्यादेश ल्याइनु गलत छ । नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरि ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ । एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिँदै ल्याइएको यस प्रकारको अध्यादेशमार्फत मुलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलनमाथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्दछ ।’
सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएको थियो । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् ।
सम्बन्धित समाचारः
ओलीलाई फेरि झट्काः अध्यादेशपछि देउवा संवैधानिक परिषद्को बैठकमा नजाने
सरकारले ल्यायो संवैधानिक परिषद्सम्बन्धि अध्यादेश, नेकपा विवाद झनै चर्किने
सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?
प्रम ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा
गगन थापाले देउवालाई भने– संवैधानिक परिषदको बैठकमा नजानोस्
संवैधानिक परिषद बैठकः देउवा उपस्थित, सभामुख सापकोटा अनुपस्थित
बेलुकी ५ बजेका लागि फेरी बोलाइयो संवैधानिक परिषद्को बैठक
सभामुख सापकोटाको अडानले रोकियो अर्को दुर्घटना