उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गरिने

काठमाडौंः सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने भएको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी र कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा बसेको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  काठमाडौंबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए ।

उखु किसानले काठमाडौंमा फेरि आन्दोलन गरिरहेका छन् । गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरूले सोमबारदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनीहरूले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिने सरकारले गरेको बाचा पुरा नभएको गुनासो गरेका छन् ।

याे पनि पढ्नुस  १५ वर्षदेखि फरार वडाध्यक्ष पक्राउ

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले चार वटा चिनी मिलबाट उखु किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउन बाँकी रहेको जानकारी दिए ।

श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्