काठमाडौंः नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेको नेकपा वरिष्ठ नेता खनालले पार्टी स्थायी कमिटीको बैठक जारी रहेका बेला कुनै सूचना नै नदिइ सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको भन्दै यस्ता क्रियाकलाप आपत्तिजनक रहेको बताए ।
उनले भने, ‘यस्तो खालको क्रियाकलाप गरेर पार्टी र सरकारका सम्बन्धलाई नराम्रो अवस्थामा पुर्याउने काम भयो । म यस प्रकारका क्रियाकलापप्रति आपत्ति प्रकट गर्न चाहन्छु ।
खनालले अध्यादेश ल्याएर सरकारले मनपरी गरेको आरोप लगाए । यसबारेमा पार्टीले नै उचित निर्णय लिने उनले बताए ।
सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएको थियो । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो नै अध्यादेश जारी गरेकी थिइन् ।
सम्बन्धित समाचारः
प्रचण्डले भने– संवैधानिक परिषद्सम्बन्धी अध्यादेश बदनियतपूर्ण, तुरुन्त खारेज हुनुपर्छ
ओलीलाई फेरि झट्काः अध्यादेशपछि देउवा संवैधानिक परिषद्को बैठकमा नजाने
सरकारले ल्यायो संवैधानिक परिषद्सम्बन्धि अध्यादेश, नेकपा विवाद झनै चर्किने
सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?
प्रम ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा
गगन थापाले देउवालाई भने– संवैधानिक परिषदको बैठकमा नजानोस्
संवैधानिक परिषद बैठकः देउवा उपस्थित, सभामुख सापकोटा अनुपस्थित
बेलुकी ५ बजेका लागि फेरी बोलाइयो संवैधानिक परिषद्को बैठक
सभामुख सापकोटाको अडानले रोकियो अर्को दुर्घटना