काठमाडौं । गणपुरक संख्या नपुगेर बैठक बस्न नसकेपछि अध्यादेशबाट संशोधन गरेर भएपनि प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक शुरु गरेका छन् ।
यसअघि बैठक बस्न आवश्यक संख्याको प्रावधान संशोधन गरेर अहिले साँझ परिषदको बैठक शुरु भएको हो ।
आइतबार प्रतिपक्षी दलका नेता र आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि साँझलाई सारिएको थियो ।
साँझ बैठक सार्ने निर्णयसँग प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर परिषदको कार्य सञ्चालनसम्बन्धी प्रावधान परिवर्तन गरी अध्यायदेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले आजै उक्त सिफारिस पारित गरेर आजै प्रकाशन गरिएको थियो ।
अहिले जारी बैठकले संवैधानिक निकायमा रिक्त रहेका पदहरू पूर्ति गर्ने बताइएको छ । अध्यादेशमा संवैधानिक परिषद्का अध्यक्षसहित बैठकमा कायम रहेको बहुमतले निर्णय गर्न सक्नेछ ।