सकियो संवैधानिक परिषद्को बैठक, के गर्‍यो निर्णय?

काठमाडौं  : संवैधानिक परिषद्को बैठक सकिएको छ । अध्यादेश जारी गरेपछि प्रधानमन्त्री निवास बालुवाटरमा बसेको परिषद्को बैठक केही बेरअघि सकिएको हो ।

अध्यादेश जारी गरेर बसेको संवैधानिक परिषदको बैठकले कुनै निर्णय भने नगरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बैठकमा नियुक्तिका विषयमा सामान्य छलफल भएको थियो ।

याे पनि पढ्नुस  प्रचण्ड बालुवाटार गएपछि ओलीले स्थगित गरे संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री ओली यसअघि सोमबार पनि शीतलनिवास पुगेका थिए । स्रोतका अनुसार सोमबार ओलीले शीतलनिवासमा दुईघण्टा बिताएका थिए ।

कमेन्ट गर्नुहोस्