न्यूजिल्याण्ड टिमका बलर फर्गुसन ६ साताका लागि बाहिरिए

काठमाडौं  : न्यूजिल्याण्डका तीव्र गतिका बलर लकी फर्गुसन छ साताका लागि मैदानबाट बाहिरिएका छन् । ढाडको हाड भाँचिएपछि उनी पाकिस्तान विरुद्धको जारी श्रृखंलाको बाँकीको खेलमा समेत अनुपस्थित हुने भएका छन् ।

न्यूजिल्याण्ड क्रिकेटले एक वक्तव्य जारी गरी फरगुसन छ साताको लागि बाहिरिएको र सिजनको अन्त्य हुनुभन्दा अघि निको हुने विश्वास गरिएको जनाएको छ । यूएईमा आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका फर्गुसनले वेष्टइन्डिज विरुद्धको तीन म्याचको टी-ट्वान्टीमा सात विकेट लिएका थिए ।

याे पनि पढ्नुस  नेपालविरुद्ध क्रिकेट खेलिसकेका छन् न्यूजिल्याण्डका ३ स्टार क्रिकेटर

न्यूजिल्याण्डका प्रमुख प्रशिक्षक गैरी स्टिडले भने, ‘घाइते हुनु खेलको एक पक्ष हो, तर खेलको उत्कृष्ट लयमा रहँदा यस प्रकारले सताइनु दुःखदायी हो ।’ बलिंग तिव्रता, गति र कलाले सेतो बलको खेलमा उनी उत्कृष्ट लयमा रहेका थिए ।

पकिस्तान विरुद्धको श्रृखंला आगामी फेब्रुअरी सम्म चल्नेछ । लगत्तै न्यूजिल्याण्डले अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा पाँच टी-२० अन्तर्राष्ट्रिय खेलेपछि बंगलादेशको भ्रमण गर्नेछ । टोली ब्यवस्थापनले फर्गुसन फेब्रुअरीसम्म निको हुने अपेक्षा गरेको छ ।

कमेन्ट गर्नुहोस्