बेलायतमा एक हप्तामा १ लाख ३७ हजारले पाए कोरोनाको खोप

लण्डन : बेलायतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अहिलेसम्म १ लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन् ।

पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् ।

बेलायतमा अघिल्लो हप्ताको मंगलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

औपचारिक रूपमा कोरोना विरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै सुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका सङ्क्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो ।

याे पनि पढ्नुस  सेनाले स्वास्थ्य सामग्री चीन र भारतबाट किन्ने

स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इग्ल्याण्डका मात्रै रहेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना विरुद्धको खोप दिने कार्य उत्साहजनक रूपमा अगाडि बढीरहेको बताउँदै यसलाई ‘राम्रो सुरुवात’को रूपमा लिन आह्वान गरेका छन् ।

याे पनि पढ्नुस  ४०३ संक्रमित थपिए, ७ जनाको मृत्यु

बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने छ । यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनुपर्ने खोप निर्माताको सिफारिस छ ।

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको पनि प्रधानमन्त्री जोनसनले जानकारी दिएका छन् ।

बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ ।

याे पनि पढ्नुस  उदयपुरमा थप ८ जनामा कोरोना देखियो, उपचारका लागि विराटनगर पठाइयो

कोरोना संक्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कुल झण्डै १९ लाख मानिस संक्रमित भएका छन् ।

विश्वभरी अहिलेसम्म ७ करोड ३९ लाख ६७ हजारभन्दा बढी संक्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्