काठमाडौंः शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको जानकारी दिए । शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारदेखि लागू हुनेगरी जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा कोरोनाको जाखिम झन बढन सक्ने भन्दै जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
कार्यालयले मापदण्ड पालना नगरी सवारी साधन संचालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत बताएको छ । असोज १ देखि काठमाडौं जिल्लाभरि सवारी साधन जोरबिजोर प्रणाली लागू गरिएको थियो ।