सहमति उल्लङ्घन गर्दै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि प्रचण्ड बालुवाटारमा

काठमाडौंः सहमति उल्लङ्घन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।

प्रचण्डसँग सहमति गरेको २४ घण्टा नबित्दै ओलीले बिहीबार बेलुका साढे ५ बजे फेरि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बुधबार स्थायी कमिटी बैठकअघि ओली–प्रचण्डबीच सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फिर्ता लिने र सहमतिमै संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त सहमतिलाई बुधबार बसेको बैठकले स्थायी कमिटी बैठकले निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  सहर नभएको नयाँ ठाउँमा पनि प्रदेश राजधानी राख्न सकिन्छः प्रचण्ड

तर, प्रचण्डसँग गरेको सहमति र पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय उल्लङ्घन गर्दै ओलीले संवैधानिक परिषद्को बैठक बोलाए । सहमतिविपरित ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि त्यसबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले परिषद्सम्बन्धी राष्ट्रपतिबाट जारी अध्यादेश फिर्ता नभएकै अवस्थामा बैठक बोलाएका हुन् । बैठक किन बोलाइएको भन्ने खुलेको छैन ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा कोभिड-१९ बारेमा विज्ञसँग छलफल, भोलि विभिन्न योजना र कार्यक्रम घोषणा गरिने

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा भने नजाने उनीनिकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

सहमति गरेकाे २४ घण्टा नबित्दै ओलीले फेरि बाेलाए संवैधानिक परिषद्काे बैठक

कमेन्ट गर्नुहोस्