फ्रान्सका राष्ट्रपतिलाई कोरोना पुष्टि

पेरिस : फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

आज त्यसबारे राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनलाई आरटी पीसीआर परीक्षण गरेपछि सो कुराको पुष्टि भएको हो । तर उनलाई के कस्ता लक्षण देखिएको छ र त्यो कहिलेदेखि लक्षण देखिएको थियो भन्नेबारे कुनै कुरा खुलाइएको छैन ।

याे पनि पढ्नुस  कतारबाट फर्किएका केहीमा कोरोना आशङ्का, १४९ जनालाई क्वारेन्टाइनमा राखियो

राष्ट्रपतिले आगामी सात दिनसम्म आइसेलेसनमा रहेर काम गर्ने जनाइएको छ ।

फ्रान्सले कारोनाभाइरसविरुद्ध लगाइरहेको लकडाउन क्रिसमसको पूर्वसन्ध्यामा हटाउने तयारी गरिरहेको बेलामा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कमेन्ट गर्नुहोस्