उद्योग मन्त्रीको निर्देशनपछि श्रीराम सुगर मिल्सले भोलिदेखि भुक्तानी दिने

काठमाडौं : उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ ।

उद्योगमन्त्री लेखराज भट्टको निर्देशनमा उद्योगले शुक्रबारदेखि भुक्तानी दिने भएको हो । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

याे पनि पढ्नुस  ‘आम नेपाली एकै ठाउँमा उभिनु नै कोरोनाविरुद्ध विजय हासिल गर्ने लक्षण हो’

सो मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय २५ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

कमेन्ट गर्नुहोस्