जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रेशम चाैधरीलाई जन्मकैद सजाय सदर गर्ने पुनरावेद अदालतकाे निर्णयमा आपत्ति जनाएका छन् । अदालतकाे फैसलापछि उनले रेशम चौधरी,लक्ष्मण थारूलगायत नेपालको सम्भवत: सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुन: दोषी ठहर गर्नु अत्यन्त दु:खद भएको टिप्पणी गरेका छन् ।
झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहको चाहिँ अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक भएको उनले मध्यरातमा सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।
उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइॅ एकदिन अवश्य विजयी हुने उनको भनाइ छ ।