ओली–बादल भेटः मन्त्री नेम्वाङ र ढकाल पनि थपिए

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोक पुगेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेलगत्तै ओलीले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य थापालाई भेट्न पुल्चोक पुगेका हुन् । प्रचण्डसँग उपाध्यक्ष वामदेव गौतमको उपस्थितिमा छलफल भए पनि सार्थक नतिजा ननिस्केपछि प्रधानमन्त्री ओली गृहमन्त्री बादल निवास पुगेका हुन् ।

याे पनि पढ्नुस  जाडोबाट हुने जनधनको क्षति रोक्ने तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

ओली–बादल भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्. ।

उनीहरूबीच अहिले छलफल भइरहेको छ । तर, के विषयमा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।

खुमलटारबाट ओली बाहिरिए, माधव नेपाल भित्रिए, के भयो त छलफल?

 

कमेन्ट गर्नुहोस्