इंग्लिस प्रिमियर लिग : क्रिस्टलविरुद्ध लिभरपुलको फराकिलो जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । क्रिस्टल प्यालेसको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई ७-० गोलले हराएको हो।

लिभरपुलको उत्कृष्ट जितमा रोबर्टो फर्मिनो र मोहम्मद सलाहले समान २-२ गोल गरे भने साडियो माने र जेम्स हेन्डरसनले १-१ गोल गर्दा मिनमिनोले सुरुवाती गोल गरेका थिए।

याे पनि पढ्नुस  प्रिमियर लिगः लिभरपुलको शानदार विजयी सुरुवात

सानदार जितसँगै लिभरपुलले शीर्षस्थानमा अंक दूरी बढाएको छ। पछिल्लो खेलमा टोटेनहमलाई हराउँदै शीर्षस्थान कब्जा गरेको लिभरपुलले शीर्षस्थानमा ३१ अंक बनाउँदा एक खेल कम खेलेको टोटेनहमको २५ अंक छ। यता पराजित क्रिस्टल प्यालेस १२ औं स्थानमा छ।

कमेन्ट गर्नुहोस्