Breaking: मन्त्रिपरिषद् बैठकबाट संसद बिघटन गर्न सिफारिस

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार बिहान आकस्मिक बोलाएको मन्त्रीपरिषद् बैठकबाट ओलीले संसद बिघटन गर्न सिफारिस गरेका हुन् ।

बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकअघि ओलीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । भेटवार्तामा के कुराकानी भयो भन्ने खुलेको छैन ।

याे पनि पढ्नुस  अर्को चुनावमा नेकपालाई दुई तिहाई ल्याउनबाट कसैले रोक्न सक्दैनः प्रम ओली

गत मंगलबारको बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । तर, विरोधपछि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशनका आह्वानका लागि समावेदन दिन शीतल निवास पुर्याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  अध्यादेशबारे बोले प्रम ओलीः भने, ‘पार्टी फुटाउन ल्याइएको होइन’

तर, ओलीले अध्यादेश अझैं फिर्ता नलिएका कारण नेकपा विवाद झनै उत्कर्षमा पुगेको थियो । हिजो बिहानैदेखि ओलीले प्रचण्ड, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीलाई भेटेका थिए । शनिबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । तर, सहमति नजुटेपछि ओलीले संसद विघटनका लागि सिफारिस गरेका हुन् ।

याे पनि पढ्नुस  नेकपा विवादः किन भएन समाधान ?

आइतबार नै दिउँसो १ बजे नेकपा स्थायी कमिटी बैठक पनि बस्ने तय थियो ।

कमेन्ट गर्नुहोस्