संसद विघटनबारे के छ संविधानमा ? (पूर्णपाठसहित)

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार बिहान आकस्मिक बोलाएको मन्त्रीपरिषद् बैठकबाट ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् । पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।

बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकअघि ओलीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । भेटवार्तामा के कुराकानी भयो भन्ने खुलेको छैन ।

याे पनि पढ्नुस  संसद विघटनविरुद्ध परेका १३ वटा रिटमाथि आजदेखि सुनुवाई शुरु हुने

गत मंगलबारको बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । तर, विरोधपछि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशनका आह्वानका लागि समावेदन दिन शीतल निवास पुर्याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो ।

तर, ओलीले अध्यादेश अझैं फिर्ता नलिएका कारण नेकपा विवाद झनै उत्कर्षमा पुगेको थियो । हिजो बिहानैदेखि ओलीले प्रचण्ड, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीलाई भेटेका थिए । शनिबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । तर, सत्तारूढ नेकपामा विद्यमान आन्तरिक विवादका माझ सहमति नजुटेपछि ओलीले संसद विघटनका लागि सिफारिस गरेका हुन् ।

याे पनि पढ्नुस  संसद विघटनको निर्णयविरुद्ध आज ३ बजे माइतीघरमा प्रदर्शन हुने

आइतबार नै दिउँसो १ बजे नेकपा स्थायी कमिटी बैठक पनि बस्ने तय थियो ।

संसद विघटनबारे के छ संविधानमा ?

नेपालको अहिलेको संविधानमा संसद विघटनको प्रावधान छैन । संसदबाट सरकार गठन हुन नसकेको अवस्थामा बाहेक संसद विघटन गर्ने अधिकार कसैलाई छैन । संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले विघटन गर्न सिफारिस गरेका हुन् ।

याे पनि पढ्नुस  संविधानसभाका अध्यक्ष नेम्वाङ भन्छन्– मैले बोलेको कुरामा प्रष्ट छु, त्यो मेरो अविचिलित अडान हो

संविधानको धारा ८५ को १ मा ’यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्