संसद् विघटन गर्न प्रयोग भएका संविधानको धारा ७६ र ८५ मा के छ ? (पूर्णपाठसहित)

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद् विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ ।

संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ को आधारमा संसद् विघटन गरिएको हो ।

‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  ओलीले इतिहासमा कलंकको टिका लगाएः प्रचण्ड

संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ मा के छ ?

आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए ।

यो पनि पढनुस्ः Breaking: मन्त्रिपरिषद् बैठकबाट संसद बिघटन गर्न सिफारिस

बैठकपछि ओली संसद विघटनका लागि सिफारिस लिएर राष्ट्रपति कार्यलय शितल निवास पुगेका थिए । त्यसपछि आइतबार दिउँसो राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी हुन् ।

याे पनि पढ्नुस  भिम रावलले प्रधानमन्त्री ओलीलाई ‘केटो’ भनेपछि...

यो पनि पढनुस्ः राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, मध्यावधि चुनाव घोषणा (विज्ञप्तिसहित)

नेपालको अहिलेको संविधानमा संसद विघटनको प्रावधान छैन । संसदबाट सरकार गठन हुन नसकेको अवस्थामा बाहेक संसद विघटन गर्ने अधिकार कसैलाई छैन । संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले विघटन गर्न सिफारिस गरेका हुन् ।

याे पनि पढ्नुस  पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूह

यो पनि पढनुस्ः संसद विघटनबारे के छ संविधानमा ? (पूर्णपाठसहित)

कमेन्ट गर्नुहोस्