काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् ।
संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको हो । रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको पनि बताइएको छ ।
सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो । लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो ।
उक्त निर्णय गोप्य राखिए पनि आइतबार संसद्मा सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ । तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा प्रतिनिसभा विघटन भइसकेको छ ।
प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनुवाई हुन सक्दैन । संसदीय सुनुवाई नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।
अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् ।