काठमाडौंः नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत रहेको बताएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले संसद् विघटन गर्ने गैरसंवैधानिक कदम गलत र भत्र्सनायोग्य रहेको बताएका छन् ।
यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका मल्य मान्यतालाई समाप्त पार्ने बताएका छन् ।
यसअघि ओलीले संसद् विघटनका लागि सिफारिस गर्दा उनले न विरोध न समर्थन भन्दै पर्ख र हेरको अवस्थामा रहेको बताएका थिए ।
संसद विघटनबारे वामदेव गौतमको प्रतिक्रियाः मेरो न समर्थन छ, न विरोध