काठमाडौंः आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि त्यसको देशभर विरोध भएको छ ।
सत्तारुढ दल नेकपासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरूले विरोध जनाइरहेको छन् । विभिन्न दलका नेता, जानकार, संविधानविद्हरूले उक्त कदमको कडा आलोचना गरिरहेका छन् ।
संसद् विघटनविरुद्व नेकपाकै विद्यार्थी तथा युवासंगठनले अहिले देशभर प्रदर्शन गरिरहेको छ । काठमाडौंको माइतीघर, बालुवाटार, बानेश्वरलगायत देशका ठूला शहरहरूमा प्रदर्शन जारी छन् ।
विवेकशिल साँझा पार्टीले बालुवाटारमा प्रदर्शन गरिरहेको छ ।
काठमाडौं स्थित नेपाली कांग्रेस सम्पर्क समितिहरूको आयोजनामा संसद् विघटनविरुद्व साढे ४ बजे नयाँ बानेश्वरमा विरोध सभा हुँदैछ । विरोध सभालाई कांग्रेस युवा नेता गगन थापालगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
ओलीले प्रतिनिधी सभा विघटन गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधार्थी भातृ संगठन नेपाल विधार्थी संघले संसद भवन अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका छन् ।
संसद् विघटनपछि राजधानी काठमाडौंमा सुरक्षा कडा पारिएको छ । राजधानीका मुख्य चोकहरूमा प्रहरीको निकै उपस्थिति देखिएको छ ।
आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए ।
यो पनि पढनुस्ः Breaking: मन्त्रिपरिषद् बैठकबाट संसद बिघटन गर्न सिफारिस
बैठकपछि ओली संसद विघटनका लागि सिफारिस लिएर राष्ट्रपति कार्यलय शितल निवास पुगेका थिए । त्यसपछि आइतबार दिउँसो राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी हुन् ।
यो पनि पढनुस्ः राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, मध्यावधि चुनाव घोषणा (विज्ञप्तिसहित)
नेपालको अहिलेको संविधानमा संसद विघटनको प्रावधान छैन । संसदबाट सरकार गठन हुन नसकेको अवस्थामा बाहेक संसद विघटन गर्ने अधिकार कसैलाई छैन । संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले विघटन गर्न सिफारिस गरेका हुन् ।
यो पनि पढनुस्ः संसद् विघटन गर्न प्रयोग भएका संविधानको धारा ७६ र ८५ मा के छ ? (पूर्णपाठसहित)