काठमाडौः संसद् विघटनपछि ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर ७ मन्त्रीहरूले अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन गर्दै सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा शिक्षा मन्त्री गिरीराजमणी पोखरेल, उर्जा मन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बहादुर बस्नेत, श्रम मन्त्री रामेश्वर यादव र खानेपानी मन्त्री बिना मगर रहेका छन् ।
राजीनामा घोषणा गर्नेक्रममा उनीहरूले प्रधानमन्त्री केपी ओलीको कदम जनभावना विपरित भएको आरोप लगाएका छन् । ‘राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं’, उनीहरुले भनेका छन् ।
यस्तो छ राजीनामा पत्र