संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस (सूचीसहित)

गत मंगलबार बसेको परिषद्को बैठक ।

काठमाडौंः प्रधानमन्त्री केपी शर्माले संवैधानिक परिषद्मार्फत अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस गरेको पाइएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा मंगलबार बसेको संवैधानिक परिषद्को पछिल्लो बैठकले ४५ वटै पदमा सिफारिस गरेको हो ।

संसद् विघटन भइसकेको अवस्थामा संसदीय सुनुवाइ समितिमा संवैधानिक निकायहरुमा नियुक्त भएकाहरुको सुनुवाइ हुनसक्ने सम्भावना नभएकाले ४५ दिनपछि यिनीहरु सबैको नाम स्वतः अनुमोदन हुनेछ ।

याे पनि पढ्नुस  ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख र देउवा नजाने

यी हुन् सिफारिस गरिएका नामहरु:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अध्यक्ष : प्रेमकुमार राई

सदस्य : जयबहादुर चन्द

किशोरकुमार सिलवाल

निर्वाचन आयोग

सदस्य: रामप्रसाद भण्डारी

डा. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष: टपबहादुर मगर

सदस्य: मनोज दुवाडी

डा. सूर्य ढुंगेल

लिली बस्नेत थापा

मिही ठाकुर

याे पनि पढ्नुस  विवादकै बीच संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुले ९ बजे शपथ लिँदै

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

सदस्य: जुद्ध गुरुङ

अमरराज मिश्र

महिला आयोग

अध्यक्ष: कमलाकुमारी पराजुली

सदस्य: कृष्णकुमारी पौडेल खतिवडा

विद्याकुमारी सिन्हा

दलित आयोग

अध्यक्ष: देवराज विक (दाङ)

सदस्य: मिना सोभ

परशुराम रमतेल

कुञ्ज बराइली

मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष: मनप्रसाद खत्री

सदस्य: रामचन्द्र जोशी

याे पनि पढ्नुस  सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?

हरिभक्त जोशी

जितेन्द्र पाश्वान

आदिवासी आयोग

अध्यक्ष: रामबहादुर थापा उदयपुर

सदस्य: मीन श्रीस मगर गुल्मी

मिनसिंह लामा नुवाकोट

रिना राना स्याङ्जा

चरण राई उदयपुर

मधेसी आयोग

सदस्य: जिवक्ष साह

रेणुदेवी शाह

विजय गुप्ता

थारु आयोग

सदस्य: विकास चौधरी

बबिता चौधरी

सुबोधसिंह थारु

भोलाराम चौधरी

मुस्लिम आयोग

महमुद्दिम अलि

मिर्जाअर्सद बेग

कमेन्ट गर्नुहोस्