संसद् विघटनविरुद्व कांग्रेसः यस्ता गर्‍यो ३ निर्णय (सूचीसहित)

काठमाडौंः नेपाली कांग्रेसले संसद् विघटनप्रति गम्भीर रुपले ध्यानाकर्षण भएको जनाएको छ ।

संसद् विघटनपछि आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक सभापति शेरबहादुर देउवाको निवासमा बसेको थियो ।

बैठकले संसद् विघटन सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य रहेको ठहर गरेको छ । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको उसले जनाएको छ ।

याे पनि पढ्नुस  संसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

‘विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ । कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जन–जिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रीत रह्यो’, बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेल जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता हो ।’

याे पनि पढ्नुस  संसद् विघटनमा जवाफी बहस सकियो, भोलिबाट एमिकस क्युरीको बहस

नेपाली कांग्रेसले सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै कांग्रेस पार्टी सभापति देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्ने बैठकले निर्णय गरेको छ ।

याे पनि पढ्नुस  कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कमेन्ट गर्नुहोस्