संसद् विघटनको संयुक्त प्रतिवाद गर्ने नेकपा, कांग्रेस र जसपाबीच सहमति

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच संसद् विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति भएको छ ।

नेकपाको पहलमा आइतबार साँझ कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेका बैठकले संसद् विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

याे पनि पढ्नुस  नेकपा महासचिव पौडेलका अंगरक्षकमा कोरोना देखियो

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटनको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको बताए । उनका अनुसार भोलि फेरि तीन दलको बैठक बस्नेछ ।

बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।

याे पनि पढ्नुस  पार्टी विवाद मिलाउन सक्रिय प्रचण्ड

कमेन्ट गर्नुहोस्