अख्तियार प्रमुखमा सिफारिस भएका राईको फेक आइडी बन्द

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका प्रेम राईको नामबाट खुलेको फेक ट्विटर ह्याण्डल बन्द गरिएको छ ।

अख्तियारको प्रमुख आयुक्त बनेसँगै उनको नाममा फेक आईडी बनाएर जथाभावी लेखिएको थियो ।

नेपाल प्रहरीको साइबर ब्युरोले सो अकाण्ट बन्द गरेको जनाएको छ । सो अकाण्ट बनाउनेको खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्