काबुलमा बम बिस्फोट: ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ ।

बिस्फोटमा परेर अफगानिस्तानका आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन् ।

घटना लगत्तै सुरक्षा व्यवस्था कडा गरी अनुसन्धान थालिएको छ । बिस्फोटका कारण कयौं सवारीसाधन र घरहरुमा क्षति पुगेको छ ।

याे पनि पढ्नुस  वार्ताको तयारी भइरहेको बेला तालिवान लडाकूको आक्रमणमा १६ सैनिक मारिए

यसअघि गत मंगलबार भएको बिस्फोटमा प्रान्तीय गभर्नरसहित तीन जनाको मृत्यु भएको थियो ।

तालिवान विद्रोही र अफगान सरकारबीच शान्ति वार्ताका लागि वार्ता जारी रहेकै बेला बिस्फेटका घटनाहरु हुन थालेपछि अफगान सरकार सशंकित बनेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्