ओलीले बालुवाटारमा थाले आफू पक्षीय सांसदसँग छलफल

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूसँग बालुवाटारमा छलफल शुरू गरेका छन् । छलफलमा उनीपक्षका सांसदहरूको सहभागी रहेको छ ।

आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेरआइतबार प्रतिनिधि सभा विघटनको निर्णय गरेका नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएर छलफल शुरू गरेका हुन् ।

याे पनि पढ्नुस  सर्वदलीय बैठक सकियो, के–के भयो ?

नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माकाअनुसार पार्टीको पछिल्लो आन्तरिक समस्या समाधानका विषयमा ओलीले आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला आव्हान गरेका हुन् । भेलाले परिस्थितिको मुल्याङ्कन गर्दै अगाडि बढ्ने रणनीति तय गर्नेछ ।

कमेन्ट गर्नुहोस्