काठमाडौंः नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरू संघीय संसद भवन नयाँ बानेश्वरमा भेला भएका छन् ।
उनीहरूले पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्व हस्ताक्षर संकलन शुरू गरेका छन् ।
उनीहरू हस्ताक्षर लिएर सर्वोच्च अदालत जाने तयारीमा छन् ।