ओली समूहको निर्णयः मंसिर २ मा महाधिवेशन, प्रवक्तामा ज्ञवाली

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरेका छन् । ११९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १९६ जना पछि थप गर्ने ओली समूहको निर्णय छ ।

याे पनि पढ्नुस  अनेरास्ववियूले भन्यो– उखु किसानका समस्या समाधान गर

ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका सो निर्णय गरेका हुन् ।

बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । साथै पर्सि ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय पनि गरेको छ ।

ओली पक्षद्वारा ११९९ सदस्यीय महाधिवेशन आयाेजक कमिटी घाेषणा

कमेन्ट गर्नुहोस्