काठमाडौंः नेकपा केन्द्रीय समितिको बैठक बबरमहलमा शुरू भएको छ ।
पार्टीभित्र चरम विवाद देखिएको र पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कार्वाही गर्ने स्थायी कमिटिको निर्णय भएको अवस्थामा आज बस्ने केन्द्रीय कमिटी बैठकले पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल गर्दै स्थायी कमिटिको निर्णयलाई औपचारिक स्वरुप दिने बताइन्छ ।
नेकपाका एक स्थायी समिति सदस्यका अनुसार, आजको बैठकमा स्थायी कमिटीको बैठकले गरेको अनुशासनको कार्वाहीलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । सोही बमोजिम अध्यक्ष केपी ओलीलाई पार्टी र संविधानविरोधी गतिविधि गरेको भन्दै कार्वाहीको निर्णय गरिने उनले बताए ।
यसअघि नेकपा स्थायी कमिटी बैठक बसेको थियो ।
यसअघि केपी शर्मा ओली समूहले मंसिर २ मा महाधिवेशन गर्ने र प्रवक्तामा प्रदीय ज्ञवालीलाई नियुक्त गर्ने निणैय गरेको थियो ।
साथै ओली पक्षले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।