कैलालीको नेकपा पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहले लगायो ताला

धनगढीः धनगढीस्थित नेकपाको कैलाली कार्यालयमा कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले ताला लगाएका छन् ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाएको पुरानो तालामाथि प्रचण्ड–नेपाल समूहले अर्को ताला लगाएका हुन ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन । प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा विरोध र्याली आयोजना गर्दै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्