क्रिकेटर सुरेश रैना धरौटीमा रिहा

काठमाडौं : भारतीय क्रिकेट टोलीका पूर्वअलराउण्डर सुरेश रैना धरौटीमा रिहा भएका छन् । कोरोनाभाइरस विरुद्धको सतर्कताका लागि सरकारले तय गरेको सामाजिक दूरी उल्लघंन गरेको आरोपमा मंगलबार मुम्बईबाट पक्राउ परेका रैना धरौटीमा रिहा भएका हुन् ।

ड्रागनफ्लाइ अनुभव लिन मुम्बई विमानस्थल नजिकैको एक क्लब पुगेका रैनासहित ३४ जनालाई उक्त आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । मुम्बईका सहायक प्रहरी कमीश्नर मञ्जुनाथ सिंगेका अनुसार नियन्त्रणमा लिएका सबै जनाविरुद्ध कानुनी कारबाही चलाइएको छ । महाराष्ट्र सरकारले कोभिड १९ विरुद्ध सतर्कताका उपायहरु अपनाउँदै मंगलबारदेखि लागू हुने गरी रात्रीकालीन कर्फ्युसमेत लगाएको छ ।

याे पनि पढ्नुस  सुरेश रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

मंगलबार नै रैनाको ब्यवस्थापकीय समूहले एक वक्तप्य जारी गरी रैनालाई उक्त प्रतिबन्धबारे जानकारी नरहेको र भूलवश उल्लघंन हुन गएकोमा पश्चाताप गरेको उल्लेख गरेको छ ।

रैनाले गत अगष्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्