संसद अधिवेशनका लागि सभामुखलाई आह्वान गर्ने जसपाको निर्णय

काठमाडौं : प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय भट्टराईले बताए।

प्रतिनिधि सभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। जस अनुसार ८ पुस सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० पुसमा सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ पुसमा सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ पुसमा काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि भट्टराईले बताए।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन आह्वान

बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरूपमा खारेज गरेको पनि  भट्टराईले बताए।

‘हामी संधिवान निर्माताहरू अहिलेसम्म जीवितै छौं। हिजोको प्रणालीको जुन संसदीय व्यवस्था हो त्यहाँ प्रधानमन्त्रीको विशेष अधिकार हुन्थ्यो तर पटक-पटक दुरूपयोग भएको हुनाले हामीले नयाँ संविधानमा त्यो प्रयोजन पुरै खारेज गरेर प्रधानमन्त्रीलाई कुनै विशेष अधिकार दिएको छैन,’ भट्टराईले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिले जुन संविधान उलङ्घन गर्नुभएको छ त्यसप्रति हाम्रो घोर आपत्ति र विरोध छ। हामी प्रतिनिधि सभा अहिलेपनि जीवित छ भन्ने मान्यता राख्छौं ।’

कमेन्ट गर्नुहोस्