चोरी भएको मोटरसाइकलसहित ४ जना पक्राउ

मोरङ : चोरी भएको मोटरसाइकलसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-४ नोबेल अस्पतालको पार्किङ एरियाबाट यही ५ पुसबाट हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा गएराति ८ बजे बिराटनगर-४ बुढाथोकी मार्गबाट मोटरसाईकलसहित ४ जनालाई पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  पोखरीमा डुबेर आमाछोरीसहित ३ जनाको मृत्यु

पक्राउ पर्नेमा विराटनगर-४ का २० बर्षीय बिबेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका-२ का २० बर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका-१० सुनसरीका २० बर्षीय नगेन्द्र चौधरी रहेका छन् ।

उनीहरूलेले चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोर्‍याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरीएको तथा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्