९०० ले घट्यो सुनको मूल्य

काठमाडौंः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

याे पनि पढ्नुस  लगातार ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ ।

यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।

याे पनि पढ्नुस  ह्वात्तै बढ्यो सुनको मूल्य

कमेन्ट गर्नुहोस्