संसद विघटनविरुद्ध प्रचण्ड–नेपाललाई मेरो साथ छ– वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले संसद पुनस्र्थापनाका लागि आफ्नो संघर्ष जारी रहने बताएक छन् ।

गौतम निवास भैंसेपाटीमा नेकपाका केही केन्द्रीय सदस्यसँग छलफलका क्रममा वामदेव संसद विघटनको निर्णयमा सहमत नभएको बताएका हुन ।

भेटमा सहभागी एक नेताका अनुसार, पार्टी विभाजन भएको अवस्थामा कुनै पक्षमा लाग्ने विषयमा भने उनले निर्णय लिइसकेका छैनन् । ‘संसद विघटनमा मेरो आपत्ती छ ।

याे पनि पढ्नुस  संकटमा ‘ओली क्याम्प’, सनकी व्यवहार भन्दै निकटबाटै चर्को आलोचना

पुनस्र्थापनाका लागि भइरहेका आन्दोलनमा मेरो समर्थन रहन्छ ।’ वामदेवको भनाई उदृत गर्दै ती नेताले भने, ‘तर अहिले प्रचण्ड या केपीको भेला र बैठकमा भने म जान्न ।’

संसद पुनस्र्थापना गर्न सकिए पार्टी एकता पनि जोगिने गौतमको ठहर रहेको उनले बताए । कथंकदाचित पुनस्र्थापना नभएको खण्डमा एकता समूह बनाएर बस्ने समेत उनले ठट्यौली पारामा भनेको ती नेताको भनाई थियो ।

याे पनि पढ्नुस  प्रचण्डः वामदेव हामीसँगै छन्, एकताको उनको प्रयासलाई हाम्रो साथ छ

प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै नेता वामदेवले विज्ञप्ती प्रकाशित गर्दै उक्त कदम असंवैधानिक, प्रतिगामी र फासिवादी भएको भन्दै चर्को बिरोध गरेका थिए ।
तर त्यसपछि बसेका दुबै पक्षका केन्द्रीय समिति बैठकमा भने वामदेव सहभागी छैनन् । उनीसँग यो बीचमा भेटेका नेताहरुका अनुसार, ढिलो चाँडो वामदेव प्रचण्ड नेतृत्वको नेकपामा नै आउने मनस्थितिमा छन् । ‘वहाँ केपीतिर जानुुहुन्न, किनभने केपीको कार्यशैलीको बिरोध गर्दै सचिवालयको बैठकको माग गर्नेदेखि प्रचण्डको प्रतिवेदनको समर्थनसम्मका घटनामा वामदेवको भूमिका महत्वपूर्ण छ ।’

कमेन्ट गर्नुहोस्