ओलीलाई छाडेर अन्ततः प्रचण्ड–नेपालतिर आए पूर्वमन्त्री तामाङ

काठमाडौंः नेकपा सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड माधव नेपाल समूहमा फर्किएका छन् ।

सोमबार र मंगलबार प्रधानमन्त्री केपी ओली समूहको बैठकमा सहभागी भएका थिए ।

उनले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठकमा आफू सहभागी हुने बताए ।

तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । उनको सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड–नेपालतिर छ ।

याे पनि पढ्नुस  `नेकपा फुटे राष्ट्र नै संकटमा पर्छ´

लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा रहेका उनी २०७४ को चुनावपछि कानुन मन्त्री बनेका थिए ।

कमेन्ट गर्नुहोस्