बढ्यो सुनको मूल्य

काठमाडौंः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ ।

प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो ।

याे पनि पढ्नुस  सुनको मूल्य बढ्यो

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो । चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ ।

बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ ।

याे पनि पढ्नुस  फेरि बढ्यो सुनको मूल्य

कमेन्ट गर्नुहोस्