काठमाडौंः नेकपा केन्द्रीय समिति बैठक बबरमहलमा शुरू भएको छ । नेकपाका दुई तिहाई बढी सदस्यको उपस्थितिमा केन्द्रीय समिति बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरू भएको हो ।
केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ ।
बैठकले नेकपा महासचिवको चयन गर्ने र संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठक भने बालुवाटारमा बसिरहेको छ ।