संसद् विघटनविरूद्व अनेरास्ववियूद्वारा आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुस ९ (आज) गते देशैभरका प्रत्येक जिल्लामा बेलुका मशाल जुलुस गर्ने, पुस १० गते शुक्रबार देशैभर प्रत्येक जिल्लामा दिउँसो व्यापक बिरोध प्रदर्शनसहित कोणसभा गर्ने र उपत्यकामा दिउँसो ११ वजे माइतीघरवाट प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  पर्यटनमन्त्रीमा योगेश भट्टराई, ४ बजे सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अध्यादेशहरु ल्याएर संघीय संसद्को विघटन गरी व्यवस्थामाथि नै धावा बोल्ने कुत्सित षड्यन्त्र गरेपछि मुलुक भिषण संकटको विच खडा भएको अनेरास्ववियूले जनाएको छ ।

जसका कारण हजारौं सहीदको रगत, जनताको लामो र कष्टसाध्य संघर्षको परिणाम स्वरूप प्राप्त भएको उपलब्धि गुम्ने खतरा पैदा भएको अनेरास्ववियूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  कोहलपुर-६ मा नेकपाका रामशरण विजयी

ओलीको संसद विघटन गर्ने प्रतिगमन खारेज गर्दै तत्काल संसद पुनर्स्थापना गर्न पनि आह्वान गरिएको छ ।

कमेन्ट गर्नुहोस्