काठमाडौंः गृहमन्त्री राम बहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहाकार सूर्य सुवेदीले राजीनामा दिएका छन् ।
गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहलाई छाडेर ओली समूहमा गएपछि उनले राजनीतिक सल्लाहाकारबाट राजीनामा दिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछ।’
सम्बन्धित समाचारः
बादल गए पनि हामी ओली समूहमा जाँदैनौंः मन्त्री केसी
“बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन, तपाईँको प्रगति होस्”
ओलीलाई छाडेर अन्ततः प्रचण्ड–नेपालतिर आए पूर्वमन्त्री तामाङ
‘ओलीले थाहै नदिई केन्द्रीय सदस्य बनाए तर म प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपामै छु’
ओली पक्षले बनाएको केन्द्रीय सदस्य पद अस्वीकार गर्ने बढ्दै, सांसददेखि मन्त्रीसम्म विरोधमा !