प्रतिनिधिसभा बैठक बोलाउन सभामुखसँग जसपाकाे माग

काठमाडौंः प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ ।

याे पनि पढ्नुस  संसद् विघटनको विरोध गर्दै स्रष्टा र कलाकार सडकमा

प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताए । उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए ।

याे पनि पढ्नुस  सापकोटाले लिए सभामुखको सपथ, कार्यभार सम्हाल्दै

बाबुरामले भने, ‘खड्गप्रसादको असंवैधानिक खड्गप्रहारले सार्वभौम संसद मर्न सक्दैन/मरेको छैन । संसद अधिवेशन बोलाउन सभामुखलाई जनता समाजवादी पार्टीको आग्रह ।’

कमेन्ट गर्नुहोस्